Madhesh Pradesh

दादुरा-रुबेला खोप लगाउनु

Spread the love

Nepal Society News (NSNEWS), दादुरा, रुबेला रोग लाग्नबाट बच्नको लागि दादुरा-रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो ।

२०८० फाल्गुन १३ देखि चैत्र ७ गते सम्म सञ्चालन भइरहेको दादुरा-रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिला यो खोप लगाएको भए पनि यस अवसरमा अनिवार्य थप मात्रा खोप लगाउनु पर्दछ ।

खोप निःशुल्क पाइन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्छ

यस अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा-रुबेला खोप दिइँदैछ ।

तर गाउँ-टोल अनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुन्छ । त्यसैले खोप केन्द्र सञ्चालन हुने स्थान र मितिवारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकलाई सोधेर अथवा स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नु होला!

Also Read – सिरहाबाट एक महिला पैसा र बच्चासहित अर्कैसँग भागिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *