Sports

पर्सा ११ र नेपाल आर्मीको जित

Spread the love

पर्सा ११ र नेपाल आर्मीको जित – प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि नेपाल आर्मीको सहज जित, पुलिस आठ विकेटले पराजित। पर्सा ११ बाट भारतको उत्तर प्रदेश वोन्डेर्स एक विकेटले पराजित । पर्सामा जारी प्रो. क्लब च्याम्पियनसिपमा पर्सा क्लब– ११ ले भारतको उत्तर प्रदेश क्लब– ११ माथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । पर्सामा जारी प्रो क्लब च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि आठ विकेटको सानदार जित हासिल गरेको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, एपिएफसहित पर्सा, भारतको उत्तर प्रदेश वोन्डेर्स क्लब नोयडा सहभागी छन् ।

आर्मीको जितमा साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनको योगदान मुख्य रह्यो । आर्मीको तर्फबाट बलिङमा चम्किएका साहबलाई बसिर अहमदले दुई तथा कुशल मल्ल र अविनाश करणले एक–एक विकेट लिए ।

साहबले चार ओभरमा केवल चार रन दिएर तीन विकेट लिएपछि नेपाल पुलिस १८.४ ओभरमा ५८ रनमै अलआउट भएको थियो । जवाफमा ५९ रनको सहज लक्ष्य आर्मीले सातौँ ओभरको पहिलो बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍याे ।

आर्मीका लागि रोहितकुमार पौडेलले १४ बलमा अविजित २१ रन बनाए भने ११ बलमा १४ रन बनाएका कप्तान विनोद भण्डारी पनि अविजित रहे ।

ओपनर अर्जुन साउद ६, दिलीप नाथ एक, कप्तान आरिफ सेख तीन, सुनील धमला दुई, सागर ढकाल एक तथा शेर मल्लले चार रन बनाए । शंकर राना र रसिद खान शून्य रनमा आउट भए ।

ओपनर सन्तोष कार्कीले ११ बलमै २० तथा कुशल मल्लले दुई बलमा दुई रन बनाए । पुलिसका ललित राजवंशी र शेर मल्लले एक–एक विकेट लिए । करण केसी र सागर ढकाल महँगो साबित भए । निकै कम रनको लक्ष्यमा करणले पहिलो ओभरमै १३ रन दिए भने दुई ओभर बलिङ गरेका सागरले १७ रन दिए ।

त्यसअघि करणले नै सर्वाधिक १५ रन बनाएपछि नेपाल पुलिसले अर्धशतक पूरा गरेको थियो । पुलिसका अमित श्रेष्ठले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरा अंक छुन सकेनन् ।

पर्सामा जारी प्रो. क्लब च्याम्पियनसिपमा पर्सा क्लब– ११ ले भारतको उत्तर प्रदेश क्लब– ११ माथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।

पर्साका लागि सन्दीप लामिछानेले चार ओभरमा एक मेडनसहित २९ रन खर्चेर तीन विकेट लिए । पवन सर्राफ, रञ्जितकुमार र रूपेश सिंहले दुई–दुई विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उत्तर प्रदेश–११ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो ।

उत्तर प्रदेशका लागि ठाकुर र जयदेव सिंहले समान १२–१२ रन बनाए । समिर अन्सारीले २२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २४ रन बनाए ।

जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको पर्साले १६.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे ।

पर्साको जितमा अनिलकुमार साहले २१ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक १८ रन बनाए ।

पवन सर्राफ शून्य रनमा आउट भए भने सन्दीप लामिछानेले १२ रन बनाए । उत्तर प्रदेशका भीम शर्मा, ठाकुर कुमार र वाशी अन्सारीले समान दुई विकेट लिए ।

Also read, – Lions & Leo Club of Ganjbhawanipur Won the Tournament

One thought on “पर्सा ११ र नेपाल आर्मीको जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *