रौतहटमा हातीको आक्रमण महिलाको मृत्यु
रौतहटमा हातीको आक्रमण महिलाको मृत्यु
Nepal Society News (Follow Our Facebook Page For More Updates)
रौतहट को चन्द्रपुर नगरपालिका -५ राजपेड दुर्घटना हो । राजपेड स्थित शनिवार दिन दिउँसो २ बजे जंगलमा घाँस काट्न गएका थीए। तिनजना महिलाहरु माथी जंगली हातीले आक्रमण गरेको थीयो। जिल्लाप्रहरी कार्यालय डिएसपी दामोदर केसी जानकारी दिए।
आक्रमण बाट सोही ठाँउ की ५४ बर्षिय अधनया देवी र पनावती कुमारी चौधरी घाईते भएका थीए। उनीहरु सामान्य घाईते भएका थीए तर मनिया देवी कुमर फेला परेकी थीनन।
जंगली हाती को आक्रमण बाट बेपत्ता भएकी मनियादेवी को नेपाली सेना, नेपाल प्रहरी,डिवीजन बनकार्यलय चन्द्रपुरको संयुक्त टोलीले खोजी गरेको थीयो।
खोजी गर्नेक्रममा आईतवार बिहान साढे सात बजे जंगल मा मनियादेवी को शव फेला परेको हो। शव पोष्टमार्टमका लागी गौरस्थित प्रादेशिक अस्पताल मा पठाएको प्रहरी ले जनाए को छ।
यो खबरले परिवारका सदस्यहरु निकै दुखी छन् । परिवारसँगको कुराकानीमा उनीहरुले जंगली जनावरबाट यस्तो आक्रमण आफ्नो क्षेत्रमा विरलै हुने गरेको खुलासा गरेका छन् । जतिबेला जङ्गलबाट जङ्गली जनावरहरू आउँछन् । तिनीहरूले बाली नष्ट गर्छन् । तिनीहरूको घर र आश्रय नष्ट गर्छन् । तिनीहरूका घरपालुवा जनावरहरू लैजान्छन् र स्थानीय नागरिकहरूलाई नोक्सान गर्छन्।
उनीहरुले यस विषयमा सरकार र स्थानीय राजनीतिक दललाई उचित पहल गर्न आग्रह गरेका छन् । त्यसोभए, त्यसपछि कसैले आफ्नो जीवन वा सम्पत्ति गुमाउनु पर्दैन। बडादशैं (नवरात्रि) को यस शुभ अवसरमा कोही छोराछोरीले आमा गुमाएका छन् । एक पुरुषले श्रीमती गुमाएका छन् भने घरमा लक्ष्मी गुमाएका छन् । (रौतहटमा हातीको आक्रमण महिलाको मृत्यु)
Pingback: Lions & Leo Club सिरिजको विजेता - Nepal Society News
Pingback: मधेसीको छोरीलाई न्याय कहिले ? - Nepal Society News