Madhesh Pradesh

हातहतियार सहित मानिस पक्राउ

Spread the love

“हातहतियार सहित मानिस पक्राउ”

मिति २०८०।०७।२३ गते बिहान अं.०८:०० बजेको समयमा हातहतियार सहित पक्राउ परेका हुन् ।

जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.११ भगवानपुर बाट हातहतियार सहित मानिस पक्राउ परेका हुन् ।

बारा सिम्रौनगढ न.पा.वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेललाई प्रहरीले अन्य ४ जनालाई पक्राउ गरेको थियो ।

आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचना प्राप्तप थियो । सूचना प्राप्तप हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट

विशेष प्रहरी टोली खटि गई घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको निम्न उल्लेखित हातहतियार

थान २ (दुई) र गोली राउण्ड थान १० (दश) बरामद गरि ५ (पाँच) जना व्यक्ति समेत नियन्त्रणमा लिई ।

यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ ।

बरामद हातहतियार:- हातहतियार सहित मानिस पक्राउ

१. रिभाल्वर थान १ (एक), ऐ. को गोली थान ७ (सात)
२. नलकटुवा पेस्तोल थान १ (एक), ऐ. को गोली थान १ (एक)
३. KF 12 लेखिएको गोली, जंगी राउण्ड थान २ (दुई)

पक्राउ परेका व्यक्तिहरू:- हातहतियार सहित मानिस पक्राउ

१. जिल्ला बारा सिम्रोनगढ न.पा. वडा नं.११ भगवानपुर बस्ने रुपलाल पटेलको छोरा अं.बर्ष ४० को उपेन्द्र पटेल ।

२. ऐ.ऐ.बस्ने निज रुपलाल पटेलको छोरा अं.बर्ष २७ को धिरेन्द्र पटेल

३. ऐ.ऐ.बस्ने ढोडा राउतको छोरा अं.बर्ष ६२ को रुपलाल पटेल

४. जिल्ला रौतहट बौधीमाई न.पा. वडा नं.२ बस्ने बिन्देश्वरी पटेलको छोरा अं.बर्ष ४४ को राजमंगल पटेल

५. ऐ.ऐ.बस्ने पाचु राउतको छोरा अं.बर्ष ८० को सोभा राउत

प्रदेश नम्बर २ (मधेश प्रदेश) को अहिलेको अवस्था केही व्यक्तिका कारण आपराधिक गतिविधिले बढी प्रभावित भएको छ ।

यो भारतको बिहार राज्यसँग खुला बोर्डरको कारण हुन सक्छ। किनकी हामी प्रदेश नम्बर २ (मधेश प्रदेश) का

रौतहड, सर्लाही, बारा, पर्सा, धनुस जस्ता धेरै जिल्लामा भारतीय बाइक (नम्बर प्लेट सहित) देख्न पाइन्छ ।

जसका कारण अवैध वस्तुको तस्करी गर्न सहज भएको छ भने हत्या, चोरी, दंगा लगायतका घटना पनि बढेका छन् ।

हामीलाई थाहा छ हाम्रो नेपाल प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न सक्दो प्रयास गरेको छ ।

उनीहरूले धेरै अपराधीलाई पक्राउ गरेका छन्, दंगा नियन्त्रण गरेका छन्, चोरी, धेरै अवैध सामग्रीहरू समातेका छन्।

तर बिहारका धेरै ठाउँबाट केही नराम्रा भारतीयहरू नेपाल आएर हत्या गर्ने गरेकाले यस्ता घटनामा उनीहरूले प्रभावकारीता बढाउनुपर्छ। जसमध्ये रुपेश सर्राफ (गुड्डु सर) हत्या प्रकरण त्यसको उदाहरण हो ।

केही दिनअघि बिहारबाट ४ जना भारतीयले साइकल लिएर श्री रुपेश सावरणकरलाई कलैयामा गोली हानेका छन् ।

प्रहरीले सक्दो प्रयास गरिरहेको छ तर यस्ता गतिविधि नियन्त्रण गर्न र शंकास्पद व्यक्तिलाई पक्राउ गर्न स्थानीय जनता र जिम्मेवार व्यक्तिले पनि हाम्रो नेपाल प्रहरीलाई सहयोग गर्नुपर्छ ।

One thought on “हातहतियार सहित मानिस पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *