स्वास्थ्य

करैयामाईमा सम्पन्न निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर

करैयामाईमा सम्पन्न निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर – बारा, गलोपटी – २०८२ असार १२ गते (बिहीवार): करैयामाई गाउँपालिका–३ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, गलोपटी बारा मा आज एक दिने निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सफलता साथ सम्पन्न भएको छ।

स्वास्थ्य निर्देशनालय, मधेश प्रदेश (सपही, धनुषा) को आयोजनामा तथा करैयामाई गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा अम्लपित्त (ग्याष्ट्रिक), बाथरोग, उदर रोग, छातीको रोग, स्त्री रोग, छाला रोग, मूत्र सम्बन्धी समस्या, पथरी, जण्डिस, मधुमेह, बाबासीर, भगन्दर, बाल रोग लगायतका विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकद्वारा परामर्श र उपचार गरिएको थियो। (करैयामाईमा सम्पन्न निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर)

शिविरमा योग सेवा र ल्याब परीक्षणको समेत व्यवस्था गरिएको थियो, जसले सहभागी सर्वसाधारणलाई सम्पूर्ण स्वास्थ्य परीक्षण र परामर्शमा सहजता पुर्‍याएको थियो। (करैयामाईमा सम्पन्न निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर)

कार्यक्रमको औपचारिक सुरुवात करैयामाई गाउँपालिकाका अध्यक्ष श्री शम्भु प्रसाद यादवले गर्नु भएको थियो। उहाँले स्वास्थ्य शिविरमार्फत गाउँलेले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने भएकाले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनु आवश्यक रहेको बताउनु भयो।

शिविर सफल बनाउन वडा नं. ३ का वडा अध्यक्ष श्री पसुराम प्रसाद यादवको पनि विशेष सहयोग रह्यो। स्थानीयवासीको उत्साहजनक सहभागिताले कार्यक्रम सफल र प्रभावकारी बन्ने वातावरण तयार भएको आयोजक संस्थाले जनाएको छ।

स्वास्थ्य सेवाको पहुँच गाउँघरसम्म पुगोस् भन्ने उद्देश्यले आयोजना गरिएको यो शिविरले दर्जनौँ बिरामीलाई निःशुल्क परामर्श, जाँच तथा औषधि वितरण गरेको थियो। (करैयामाईमा सम्पन्न निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *