Lamichhane भिसाकोलागी बालुवाटावरमा धर्ना
World Cup भिसाको लागी (Lamichhane भिसाकोलागी बालुवाटावरमा धर्ना) – क्रिकेटर Sandeep Lamichhane को World Cup भिसाको लागी माननीय ज्ञानेन्द्र शाही लगायतका युवाहरू बालुवाटावरको पिपल बोट नजिकै रोडमा धर्नामा ।
यसअघि काठमाडौं जिल्ला अदालत (केडिसी)बाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले विवादितलाई बोलाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले केडीसीको फैसला बदर गर्न माग गर्दै दायर रिटको जवाफ दिँदै यस्तो आदेश दिएको हो ।
माघ १० गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका लामिछानेलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतले शुक्रबार मुद्दाका दुवै पक्षलाई वैशाख १५ गते बोलाउन आदेश दिएको हो ।
सन्दीप लामिछानेले जमानत पाए (Lamichhane भिसाकोलागी बालुवाटावरमा धर्ना)
२०२४ जनवरी १० मा लामिछानेलाई आठ वर्ष कैद र पीडितलाई रु दुई लाख क्षतिपूर्तिसहित तीन लाख जरिवाना गरिएको थियो ।
15 मे 2024 मा, उच्च अदालत पाटनले नेपाल जिल्ला अदालतको काठमाडौको फैसलालाई उल्टाउँदै उनलाई दोषी नमानेको घोषणा गर्यो।
नेपालका क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाबाट भिसा पाएमा आइसिसी पुरुष क्रिकेट
विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजमा हुने नेपाली टोलीमा सहभागी हुने सम्भावना अझै छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि १४ खेलाडीको मात्रै सूची अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल
(आइसिसी) मा बुझाएको छ । भने लेग स्पिनर लामिछानेलाई एक स्थान छोडेको छ ।
Lamichhane भिसाकोलागी बालुवाटावरमा धर्ना – ‘आइसिसीले लामिछानेलाई विश्वकपको
अन्तिम १५ सदस्यीय टोलीमा समावेश गर्न हाम्रो अनुरोधलाई स्वीकृत गरिसकेको छ,’ चन्दले थपे।
‘केही दिनमा लामिछानेले भिसा पाए भने उनलाई टोलीमा समावेश गरिनेछ ।
युवा नेपाली खेलाडीले विगत दशकदेखि धेरै राम्रो गर्दै आएका छन् ।
आफ्नो कडा परिश्रम, खेल कौशल, ध्यान, फोकसका कारण हामी नेपाली क्रिकेट खेलाडीले एसीसी,
आईसीसी, टी-२० र अन्य धेरै क्रिकेट खेल खेल्न सक्षम भएका छौं।
तर, केही कारणले वा राजनीतिक कारण भन्न सकिन्छ– हाम्रा केही खेलाडी अझै समस्यामा छन् ।
जसमध्ये सन्दीप लामिछाने एक हुन् । उनले आईपीएल (एनडियन प्रिमियर लिग) र विश्वका धेरै अन्य लिगहरू जस्तै बीबीएल, आदि खेलेका थिए
तर, अब उनी विश्वकप खेल्न अमेरिकाबाट भिसाको पर्खाइमा छन्।
Pingback: सडक विभाग र नगर प्रहरीबीच विवाद - Nepal Society News