Sports

Lions & Leo Club सिरिजको विजेता

Spread the love

Lions & Leo Club सिरिजको विजेता – बौद्धिमाई प्रिमियर लिग सिजन -१ (Baudhimai Premier League – BPL01) को फाइनलमा LIONS&LEO CLUB बिजेता हुदै पहिलो सिजन को चाम्पियन बनेको छ।

श्री वौधीमाई प्रिमियर लिग -२०८० महागढिमाई न.पा.-०५ बगड्मपुर बाराद्वारा भएको कार्यक्रम को प्रमुख अतिथी महागढिमाई न.पा.०५ को वडा अध्यक्ष आदरणीय नेता श्री गजेन्द्र प्रसाद जयसवाल ज्यु द्वारा उद्घाटन गरि आज देखि टुनामेट (क्रीकेट ) सुचारु गर्नुभएको छ! साथै वडा दशै तिहार तथा छठ पर्वको सबै मा शुभकामना ब्यक्त गर्दै कार्यक्रम उद्घाटन गर्नुभएको छ !

बौधिमाई प्रिमियर लिग (बीपीएल) – सिजन ०१ क्रिकेट प्रतियोगिताको फाइनल खेल लायन्स र लियो क्लब अफ गञ्जभवानीपुर र दिवाकर रेडियो सुपर ११ डीआरएस ११ बीच १०-०७-२०८० मा सम्पन्न भएको छ । र, लायन्स एण्ड लियो क्लब अफ गञ्जभवानीपुर विजेता बनेको छ ।

वडा अध्यक्षले क्रिकेट गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

नेपाल समाज समाचार (एनएस न्यूज) सँगको कुराकानीमा वडा नं. ५ (बगदमपुर) – श्री गजेन्द्रप्रसाद जैसवालले मैदान (बौधिमाई रंगशाला) लाई उचित सम्भार गरी बालबालिकाको भविष्यका लागि सोही शृङ्खला र अन्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

र, आफ्नो गाउँ र स्थानीय बालबालिकालाई राष्ट्रिय स्तरको क्रिकेट टोलीमा हेर्ने उनको दृष्टिकोण छ। र, अर्कोतर्फ ०३ का वडा अध्यक्ष श्री उपेन्द्रप्रसाद जैसवाल र लायन्स क्लब अफ गञ्जभवानीपुरका पूर्व उपाध्यक्ष श्री अमानुल्लाहले गञ्जभवानीपुरको लायन्स एण्ड लियो क्लबको नाममा टोलीलाई सहयोग र निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

दिवाकर रेडियो सुपर ११ (DRS 11) खेलाडीको नामावली

Shivpujan Jaiswal (Captain), Deepak Kewat, Dipesh Yadav, Kunal Sahani, Dhiraj Jaiswal, Sujit Gupta, Pramod Chaudhary, lalbabu Jaiswal, Sagar Rajak, Suraj Mandal, Ravi Gupta, Shreekant Gupta, Aanand Yadav, Bibek Chaudhary and Sanjog Paswan.

Lions & Leo Club Of Ganjbhawanipur (LLC) खेलाडीको नामावली

Prakash Sahani, Afjal Dewan, Anish Aalam, Jang Bahadur Yadav, Dipesh Chaudhary, Khursed Aalam, Jitendra Giri, Abdul Ansari, Imtiyaz Dewan, Pappu Yadav, Sunil Gupta, Durgesh Pandit, Prabendra, Pradeep Paswan, Nagar Ram.

यस क्रिकेट प्रतियोगितामा चार क्रिकेट टोलीको सहभागिता रहेको थियो । तर खेलाडीहरू विभिन्न गाउँ र शहरका थिए।

चारै वटा क्रिकेट टिम यस प्रकार छन् ।

  1. लायन्स एण्ड लियो क्लब अफ गंजबवानीपुर (LLC)
  2. मल्हानी क्रिकेट समिति (MCC)
  3. महागढी माई एकेडेमी (MGA)
  4. दिवाकर रेडियो सुपर ११ (DRS 11)

Lions & Leo Club सिरिजको विजेता – दिवाकर रेडियो सुपर ११ (DRS 11) र लायन्स एण्ड लियो क्लब अफ गञ्जभवानीपुर (LLC) बिचको खेल २० ओभरको (T20 सिरिज) थियो । DRS 11 ले आफ्ना सबै विकेट गुमाएर ९६ रनको लक्ष्य दिएको थियो । लायन्स एण्ड लियो क्लब)ले खेल ५ विकेटले जितेको छ ।

Alos Read, हात्तीको आक्रमणबाट रौतहडमा एक महिलाको मृत्यु भएको छ

2 thoughts on “Lions & Leo Club सिरिजको विजेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *