कुटपीट गरी हत्या – बघवन – घटनाको विवरण:- प्रस्तुत विषयमा मिति २०८२/०२/२९ गते बेलुका अं.१८:१५ बजेको समयमा जिल्ला बारा । कलैया उप-महानगरपलिका वडा नं. १४ बघवन स्थित बस्ने वर्ष ५० को नन्दु राउत कुर्मी । कुर्मीलाई पुरानो रिसिवीको कारण ऐ.ऐ. बस्ने वर्ष ४० को उमेश जैसवाल समेत गरी ६ जना व्यक्तिहरूले मिलि मरणासन्न कुटपिट गरिका थिए ।
मरणासन्न हुने गरी निज नन्दु राउत कुर्मीलाई कुटपिट गरी घाईते बनाई । उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारामा लगियो । लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा निज नन्दु राउत कुर्मीको ऐ. १९:२० बजेको समयमा मृत्यु घोषणा गरेको ।
मृत्यु जानकारी यस जिल्ला प्रहरी कार्यालय बारालाई प्राप्त भयो । मृत्यु जानकारी प्राप्त हुन साथ तत्काल घटना स्थलमा प्रहरी पुगी प्रारम्भिक अनुसन्धान पश्चात घट्नामा संलग्न रहेको ऐ.ऐ. बस्ने वर्ष २८ को दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद अनुमति लिई अनुसन्धान अगाडी बढाईएको ।
र अन्य फरार रहेका व्यक्तिहरूलाई यस कार्यालयबाट प्र.नि.खेम प्रसाद नेपालको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं.५ स्थित सागर लामिछानेको घरमा लुकिछिपि बस्दै गरेको अवस्थाबाट महिला १ जना र जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१ शान्ती टोल स्थितमा सोही ठाउँ वस्ने बसिर मियाँको घरमा छुकिछिपि बस्दै गरेको पुरूष व्यक्ति २ जना समेतलाई मिति २०८२/०३/०४ गते पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट सोही मुद्दा शिर्षकमा म्याद मिलान गरी थप अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भैईरहेको व्यहोरा सूचित गरिन्छ । (कुटपीट गरी हत्या – बघवन)
पक्राउ परेका व्यक्तिहरू (कुटपीट गरी हत्या – बघवन):-
१. जिल्ला बारा कलैया उपमाहनगरपालिका वडा न.१४ बघवन टोल वस्ने उमेश जैसवालको श्रीमती अ.वर्ष ३८ की रन्जु जैसवाल ।
२. ऐ.ऐ. बस्ने उमेश जैसवालको छोरा अ.वर्ष २० को सुमित जैसवाल ।
३. ऐ.ऐ.वस्ने उमेश जैसवालको छोरा अ.वर्ष १८ को सुजित कुमार जैसवाल।