नेपाललाई भारतको ‘ए’ टिमसँग होइन, सिनियर टोलीसँग नै खेलाउने पहल होस् !
नेपालजस्तै स्तर भएको स्कटल्याण्डले अष्ट्रेलियाजस्तो ‘क्रिकेटको महारथि’सँग सिरिज खेलिसक्यो । क्रिकेट एशोसिएसन अफ नेपालका अध्यक्षका अनुसार हामी भने भारतको ‘ए’ टिमसँग खेल्ने तयारी गरिरहेका छौं ।
हामी किन भारतको सिनियर टोलीसँग नखेल्ने ? (नेपाललाई भारतको ‘ए’ टिमसँग होइन, सिनियर टोलीसँग नै खेलाउने पहल होस् !)
प्रदर्शनका हिसाबले नेपाल भारतको सिनियर टोलीसँग खेल्न सक्ने हैसियतमा छ । त्यस्तै परे भारतलाई हराउन पनि सक्छ । एसिया कपमा नेपालले भारतविरुद्ध गरेको प्रदर्शन सायद भारतीयहरूले पनि बिर्सेका छैनन् होला ।
विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको प्रदर्शन न नेपालीले बिर्सनेछन् न त दक्षिण अफ्रिकी क्रिकेट प्रशंसकले ।
क्रिकेटमा नेपालले देखाएको अद्भभूत प्रदर्शन देखेरै वेष्ट इन्डिज आगामी सेप्टेम्बरमा दुबईमा नेपालसँग टी-२० शृंखला खेल्न लागेको हो । यही कारण अफगानिस्तानले पनि नेपाललाई क्रिकेट सिरिजका लागि काबुलमा बोलाएको भन्ने सुनिन्छ । त्यस्तै आयरल्याण्ड पनि नेपाल आउन लागेको ‘हल्ला’ सामाजिक सञ्जालमा पढ्न पाइएको छ । (नेपाललाई भारतको ‘ए’ टिमसँग होइन, सिनियर टोलीसँग नै खेलाउने पहल होस् !)

