Site icon Nepal Society News

Pakistani Prime Minister Died

Pakistani Prime Minister Died

Pakistani Prime Minister Died

Pakistani Prime Minister Died – पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्व–क्रिकेटर इमरान खानको जेलभित्रै हत्या भएको दाबी फैलिन थालेपछि देशभर ठूलो हलचल मच्चिएको छ। मङ्गलबार रातिदेखि सामाजिक सञ्जालमा यससम्बन्धी हल्ला व्यापक रूपमा फैलिएको छ, जसले पाकिस्तानमा राजनीतिक तनाव र भ्रम बढाएको छ।

रावलपिण्डीस्थित उच्च सुरक्षा घेरामा रहेको अदियाला जेलमै इमरान खानको हत्या भएको दाबी सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको हो। कतिपयले सेना प्रमुख असिम मुनीर नेतृत्वको सेनाले नै हत्या गराएको आरोपसमेत लगाइरहेका छन्। यद्यपि यी दाबीहरूमा उल्लेख्य संख्या शंकास्पद वा भेरिफाइ नभएका अकाउन्टहरू रहेका छन्।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै ध्यान खिच्ने एउटा पोस्ट “बलुचिस्तान विदेश मन्त्रालय” नामक एक्स (ट्विटर) अकाउन्टबाट आएको थियो। त्यस अकाउन्टले इमरान खानलाई हिरासतभित्रै हत्या गरिएको दाबी गरेको थियो।

तर बलुचिस्तान पाकिस्तानकै प्रान्त भएकाले यस्तो “विदेश मन्त्रालय” अस्तित्वमै नरहेको स्पष्ट छ, जसले दाबीको विश्वासयोग्यतामै ठूलो प्रश्न उठाएको छ।

News From Afganishtan – Pakistani Prime Minister Died

यस्तै, अफगानिस्तानका केही अनौपचारिक मिडिया प्लेटफर्महरूले पनि अपुष्ट स्रोतलाई उद्धृत गर्दै इमरान खानको हत्यासम्बन्धी दाबीलाई फैलाएका छन्।
तर यस विषयमा पाकिस्तान सरकारले एक वाक्य पनि पुष्टि वा खण्डन गरेको छैन। जसका कारण जनताभित्र शंका र त्रास झनै बढेको छ।

हल्ला चर्किएपछि इमरानका दिदीबहिनी रातारात अदियाला जेल पुगे। उनीहरूले इमरान जीवित रहेको प्रमाण मागेपछि जेल परिसरमा चहलपहल बढेको थियो। परिवार, वकिल र नेताहरूलाई लामो समयदेखि भेट्न नदिएको पीटीआईले आरोप लगाउँदै इमरानको अवस्था तुरुन्त सार्वजनिक गर्न माग गरेको छ।

अगस्ट २०२३ देखि नजरबन्दमा रहेको इमरान खानबारे हालसम्म ठोस जानकारी सार्वजनिक नभएपछि पाकिस्तानमा राजनीतिक अस्थिरता अझ चुलिएको छ।

Exit mobile version