Site icon Nepal Society News

वीरगञ्ज–पथलैया स्कुटर दुर्घटना हुँदा उपचारका क्रममा मृत्यु भएको छ।

वीरगञ्ज–पथलैया स्कुटर दुर्घटना हुँदा उपचारका क्रममा मृत्यु भएको छ।

वीरगञ्ज–पथलैया स्कुटर दुर्घटना हुँदा उपचारका क्रममा मृत्यु भएको छ।

वीरगञ्ज–पथलैया स्कुटर दुर्घटना हुँदा उपचारका क्रममा मृत्यु भएको छ। –   बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर निवासी बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मोक्तानको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनको एलएस न्युरो अस्पताल, परवानीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थान निवासी तिलकबहादुर रुम्बाकी १६ वर्षीया छोरी सुप्रिया रुम्बा पनि घाइते भएकी छन्। उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त स्कुटरलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। (वीरगञ्ज–पथलैया स्कुटर दुर्घटना हुँदा उपचारका क्रममा मृत्यु भएको छ।)

Exit mobile version