बुवाको हत्या गर्नेलाई म मार्छु- हरिभूषण कुशवाहाकी छोरीले कलैयामा विरोध प्रदर्शन गर्दै भनिन् ।
बुवाको हत्या गर्नेलाई म मार्छु- हरिभूषण कुशवाहाकी छोरीले कलैयामा विरोध प्रदर्शन गर्दै भनिन् । आदर्श कोतवालमा अज्ञात समूह द्वारा गोली प्रहार बाट राम राजा क्याम्पस प्रमुख हरिभुषन कुशवाहा गम्भीर घाइते भएका थिये र उनको उपचार बायोधया होस्पिटल मा चलदै थियो ।
र, उनको उपचारको क्रममा मृत्यु भएको घोषणा गरियो ।
दु:खद खबर: बाराको कलैया उपमहानगरपालिका–५ स्थित रामराजा बहुमुखी क्याम्पसका अध्यक्ष हरिभूषण कुशवाहा सरलाई अज्ञात समूहले आदर्शकोटवल गाउँपालिका वडा नं ३ बटारामा गोली हानीको थियो ।
बहमखी क्याम्पसका प्रमुख हरीभषण कशवाहा सरको हत्याको दोषीलाई यथाशिध्र कडा भन्दा कडा कारवाहि गर । भन्ने नारा को साथ बारा जिला को कलैया मा विरोध जुलुस र सि.डी ओ औफिस धेराउ गरे का थिये । पछिल्लो ४ महिनामा कलैयाका शिक्षकको यो दोस्रो हत्या हो ।
जसका कारण कैयौं आन्दोलनकारी, समाजवादी, विद्यार्थी, शिक्षक आदि कलैयामा आएर हत्यारालाई पक्राउ गर्न आन्दोलन गरेका छन् ।
उनीहरुले सीडीओ कार्यालय घेराबन्दी गरी अपराधीलाई पक्राउ गर, जनताको रक्षा गर, शिक्षक र उनीहरुका परिवारलाई न्याय दिनुपर्ने नारा लगाएका थिए ।
विरोध – बुवाको हत्या गर्नेलाई म मार्छु- हरिभूषण कुशवाहाकी छोरीले कलैयामा विरोध प्रदर्शन गर्दै भनिन् ।
सोही विरोधमा आदरणीय हरिभूषण कुशवाहा सरकी छोरीले प्रहरीले अपराधीलाई पक्राउ गरेर जेल नपठाए – बुबाको हत्या गर्नेलाई मार्ने बताइन् ।
यो भिडियो नेपाल समाज न्युजको युट्युबमा हेर्न सक्नुहुनेछ ।
लिङ्क तल दिइएको छ।
Video Link below – click on below heading to watch.
Haribhushan Sir Ram Raja Bahumukhi Campus Pramukh || Hatya 2081 Birodh Reyali In Kalaiya
न्याय माग्दै आएकी थिइन्, उनका अनुसार २४ घण्टाभन्दा बढी भइसक्यो तर प्रहरी तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
प्रहरीले केही गर्नुको सट्टा मुस्कुराएर हेरिरहेको पनि उनले बताइन् ।
म मेरो बुवाको हत्यारालाई मार्छु भन्ने कठोर वा असभ्य शब्द बोल्ने मनसायमा थिइनन् ।
तर बुबाप्रतिको उनको भावना र मायाले उनले त्यो भनाइ भनेकी थिइन् ।
प्रहरीले श्री हरिभूषण कुशवाहा सरको परिवारसँग बसेर जतिसक्दो चाँडो मुद्दाको समाधानका लागि कुरा गर्नुपर्छ ।
हामी नागरिक हौं र हामी कानूनमा विश्वास गर्छौं। त्यसैले न्याय खोज्दै प्रहरीमा जान्छौं ।
तसर्थ, नेपाल प्रहरीले पनि हामीलाई सहयोग गर्नुपर्छ र हाम्रो भावना बुझ्नुपर्छ ।